काठमाडौं । मनाङबाट प्रतिनिधि सभा सदस्य पदका लागि नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्।
शुक्रबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गुरुङले २ हजार ४१४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत प्राप्त गरेकी छन्।
प्रमुख जिल्ला अधिकारी नवराज पौडेलका अनुसार मतपरिणाम स्पष्ट भए पनि निर्वाचन अधिकृतको कार्यालयबाट औपचारिक घोषणा भने हुन बाँकी रहेको छ।
यससँगै नेपाली कांग्रेसले यसपटकको निर्वाचनमा दोस्रो जित दर्ता गरेको छ। यसअघि कांग्रेसले मुस्ताङबाट पनि विजय हासिल गरिसकेको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया