गोरखा । गोरखा क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ। प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कविन्द्र बुर्लाकोटीले अग्रता लिएका छन्।
हालसम्मको गणनामा बुर्लाकोटीले ७ सय ९१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले २ सय २१ मत ल्याएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले १ सय ३७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार मिलन गुरुङले ७९ मत पाएका छन्।
मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन आउने सम्भावना रहेको छ।
यसैबीच, गोरखा क्षेत्र नम्बर–१ मा भने अहिलेसम्म मतगणना सुरु भएको छैन। सो क्षेत्रमा अहिले मतपत्र संकलनको काम भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया