रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङले आफ्नो सम्पर्क कार्यालयमा अज्ञात समूहले प्रवेश गरी पार्टी सदस्यहरूमाथि कुटपिट गरेको जनाएको छ।

पार्टीका सहमहामन्त्री तथा दाङ–२ का उम्मेदवार विपीन आचार्यका अनुसार केही अज्ञात व्यक्तिहरू कार्यालयभित्र पसेर त्यहाँ रहेका कार्यकर्तामाथि आक्रमण गरी फरार भएका हुन्। घटनाबारे तत्कालै प्रहरीलाई जानकारी गराइसकेको उनले बताए।

advertisement

आचार्यले उक्त घटनाको कडा शब्दमा निन्दा गर्दै दोषीहरूको पहिचान गरी तत्काल पक्राउ गर्न र कडा कानुनी कारबाही गर्न माग गरेका छन्। साथै राजनीतिक गतिविधि र नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि हमला हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह पनि गरेका छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com