काठमाडौं । उम्मेदवार डोलप्रसाद अर्याल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति अर्यालले ३५ हजार ९३ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरिन्।

advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका अजयक्रान्ति शाक्यले ४ हजार ५८० मत पाएका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले १ हजार ४५७ तथा नेपाली कम्युनिस्ट पार्टीका राधाकृष्ण महर्जनले १ हजार ३२८ मत प्राप्त गरेका छन्।

यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित कुल २४ जना प्रतिस्पर्धामा थिए।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com