काठमाडौं । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन्।
सुनारले २९,५५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका नजिकका प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले १९,६१५ मत पाएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका अमर सिंह पुनले १३,२१५ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका दीपककुमार गौरी मगरले ३,७७४ मत ल्याएका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया