बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का खगेन्द्र सुनार प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

सुनारले २९ हजार ५५१ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्ललाई ९ हजार ९३६ मतको अन्तरले पराजित गरेका हुन्। मल्लले १९ हजार ६१५ मत पाएका छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुन १३ हजार २१५ मतसहित तेस्रो स्थानमा रहेका छन्।

advertisement

निर्वाचित सुनार दलित अधिकारका अभियन्ताका रूपमा परिचित छन्। उनले छुवाछुतविरुद्ध विभिन्न समय आन्दोलन तथा प्रदर्शन गर्दै आएका छन्। साथै राज्यका निकायमा दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै तथा दलितमाथि हुने विभेद र हिंसाविरुद्ध आवाज उठाउँदै आएका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com