चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ठूलो मतान्तरसहित विजयी भएका छन्।

शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल ८७ हजार २८ मत गणना गरिएको थियो। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन्। लामिछाने र खरेलबीच ३९ हजार ८३८ मतको फराकिलो अन्तर रहेको छ।

advertisement

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि लामिछाने यही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यसबेला उनले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार २८१ मतान्तरले पराजित गरेका थिए।

हालैको मतपरिणामअनुसार चितवन–२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरेका छन् भने नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत पाएका

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com