काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार्ने बताएका छन्।

शनिबार बिहान सामाजिक सञ्जालमा उनले लेखेका छन् कि यसपटकको परिणाम हाम्रो पक्षमा हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ। विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजिब खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

advertisement

बस्नेतले भनेका छन् कि राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया हो, तर जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धता कहिल्यै हार्दैन। अब हाम्रो भूमिका रचनात्मक प्रतिपक्षको हुनेछ र शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहनेछ।

भक्तपुर–२ मा रास्वपाका राजिब खत्रीले ३३,०१३ मत प्राप्त गरी जित सुनिश्चित गरेका छन् भने बस्नेतले ८,०३४ मत पाएका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com