काठमाडौं । गुल्मी क्षेत्र नम्बर–२ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन्।
पछिल्लो मतगणनाअनुसार विष्टले मतान्तरले अग्रता कायम राखेका छन्। उनले १४,२३४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थीले १४,००० मत पाएका छन्। विष्टले पन्थीलाई २३४ मतको अन्तरले पछि पार्दै अग्रता कायम गरेका हुन्।
त्यस्तै, नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले ११,३१४ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले २,८०९ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया