गुल्मी । प्रदीप ज्ञवालीले गुल्मी–१ को निर्वाचन परिणाम अपेक्षाभन्दा फरक आएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक व्यवस्थामा जनताको निर्णय नै सर्वोच्च हुने भन्दै आएको जनादेशलाई सम्मान गर्ने बताएका हुन्।

advertisement

उनले गुल्मी–१ को मतगणना अन्तिम चरणतिर पुगेको उल्लेख गर्दै विजयोन्मुख देखिएका सागर ढकाललाई अग्रिम बधाई दिएका छन्।

साथै निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन भूमिका खेल्ने मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा कर्मचारीहरूलाई उनले धन्यवाद व्यक्त गरेका छन्। निर्वाचन अभियानमा दिनरात खटिएका पार्टीका कार्यकर्ता र समर्थकप्रति उनले विशेष आभार र सम्मान पनि व्यक्त गरेका छन्।

‘यस्तो परिणामको अपेक्षा थिएन। तर लोकतन्त्रमा जनताको फैसला सर्वोपरि हुन्छ, त्यसैले जनादेशप्रति पूर्ण सम्मान छ,’ उनले फेसबुकमा लेखेका छन्।

ज्ञवालीले आगामी दिनहरूमा पनि गुल्मीको विकास तथा जिल्लावासीको सुख–दुःखमा आफू सधैँ साथ रहने प्रतिबद्धता जनाउँदै अहिलेको चुनौतीपूर्ण अवस्था पनि समयसँगै पार हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com