काठमाडाैं । इलाम जिल्ला प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ मा भएको निर्वाचनको पछिल्लो मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता कायम गरेका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सुहाङ नेम्वाङले ९ हजार ३ सय ८८ मत प्राप्त गरेका छन्।

advertisement

उनीलाई पछ्याउँदै श्रम संस्कृति पार्टीका उम्मेदवार सुदिप राई ७ हजार ७ सय ४२ मत सहित दोस्रो स्थानमा छन्। त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य ५ हजार २० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोकुल बहादुर राईले २ हजार ३ सय ४० मत प्राप्त गरेका छन्। यस्तै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार ओम बहादुर गुरुङले ६७८ मत पाएका छन्।

मतगणनाको विवरण अनुसार अन्य साना दल तथा स्वतन्त्र उम्मेदवारहरूको मत न्यून देखिएको छ। हालसम्म  कुल २८ हजार २६५ मत गणना भइसकेको छ। जसमध्ये २६ हजार ५९३ मत सदर भएका छन् भने १ हजार ६७२ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।

उक्त क्षेत्रमा मतगणना अझै जारी रहेको छ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com