काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भएको उपनिर्वाचनमा बनाएको रेकर्ड रास्वपाकै २ नवनिर्वाचित सांसदले यसपटकको प्रतिनिछि सभा निर्वाचनमा तोडेका छन् ।

लामिछानेले उपनिर्वाचनमा सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड बनाएका थिए । उनले ४२ हजार ९६२ मत अन्तरले नितेका थिए । लामिछानेले २०६४ मा बाबुराम भट्टराईले बनाएको ४० हजार १०१ मत अन्तरको रेकर्ड तोडेका थिए ।

advertisement

यसपटक रास्वपाका डा. लेखजंग थापा र सुलभ खरेलले लामिछानेको रेकर्ड तोडेका छन् । संयोगले दुवैले एउटै जिल्ला रूपन्देहीबाट जित्दै नयाँ रेकर्ड बनाए ।

सुलभ खरेलले रूपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ मत अन्तरले हराए । डा. लेखजंग थापाले कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मत अन्तरले हराए । यससँगै अब सबैभन्दा ठूलो अन्तरले जित्ने रेकर्ड डा. लेखजंग थापाको नाममा गएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com