काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै संयमित ढंगले अघि बढ्ने बताएका छन्।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि विजयी प्रमाणपत्र लिएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले उत्साहमा मात्तिएर नभई संयमित रूपमा काम गर्ने बताए। प्रतिपक्षी दलसँग पनि सहकार्य गर्दै लोकतान्त्रिक मूल्यअनुसार अघि बढ्ने उनको भनाइ थियो।

advertisement

लामिछानेले रास्वपाका नेता तथा कार्यकर्ताहरू अझ जिम्मेवार बन्नुपर्ने बेला आएको उल्लेख गरे। जनताले दिएको जिम्मेवारी जनताले नै खोस्न सक्ने भएकाले पार्टी सतर्क र उत्तरदायी भएर अघि बढ्ने उनले बताए।

उनले विगतका कमीकमजोरी सुधार गर्दै परिपक्व ढंगले मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। साथै नेपाल सुरक्षित हातमा रहेको सन्देश विश्व समुदायलाई दिन चाहेको र जनभावनाअनुसार राष्ट्र निर्माणका काम अघि बढाउने उनको भनाइ थियो।

चितवन–२ बाट लामिछाने ५४ हजार ४०२ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी मीनाकुमारी खरेल ले १४ हजार ५६४ मत र अस्मिन घिमिरे ले ६ हजार ९९२ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com