काठमाडौं । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहसँग ८ हजार १ सय मतले पछि परेका छन्।
अहिलेसम्मको मतगणनाअनुसार अमरेशकुमार सिंहले १९ हजार २१३ मत प्राप्त गरेका छन् भने गगन थापाले ११ हजार ११३ मत ल्याएका छन्। सुरुदेखि नै मतगणनामा पछि पर्दै आएका गगन थापा अहिले पनि अग्रता लिन सकेका छैनन्। रास्वपाको पक्षमा देखिएको लहर सर्लाहीमा पनि देखिँदा गगन थापा हार नजिक पुगेका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया