कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक बोहरा विजयी भएका छन्।

अन्तिम मतपरिणामअनुसार बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै शानदार जीत हासिल गरेका हुन्।

advertisement

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायणप्रकाश साउँद (एनपी) ले १० हजार ८२७ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा (एमाले) का उम्मेदवार बचनबहादुर सिंहले ६ हजार ४१८ मत पाएका छन्।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका माधवप्रसाद पन्तले ६ हजार ३३७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका तिर्थराज चटौतले १ हजार ९९३ मतमा सीमित भएका छन्।

यस परिणामसँगै कञ्चनपुर–२ मा रास्वपाले उल्लेखनीय मतान्तरसहित प्रतिनिधिसभा सदस्यको सिट आफ्नो पक्षमा पारेको छ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com