काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत ल्याएका छन्।
त्यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५१८ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार बिनिता कठायतले ४२१ मत प्राप्त गरेकी छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया