काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई औपचारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको हो।
उक्त निर्वाचन क्षेत्रमा शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्। शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए। यससँगै शाहले ओलीलाई ४९ हजार ६१४ मतको अन्तरले पराजित गर्दै विजयी भएका छन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया