काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहसँग ठूलो मतान्तरले पछि परेका नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेताहरूसँग सम्भावित राजनीतिक दबाब र धरपकडको आशंका व्यक्त गरेका छन्।
मतगणनाको प्रारम्भिक चरणदेखि नै पछि परिरहेका ओलीले उनलाई भेट्न भक्तपुरको गुण्डु पुगेका एमालेका केही केन्द्रीय सदस्य तथा नेताहरूसँग छलफल गर्दै अब बन्ने रास्वपाको सरकारले आफूहरूमाथि विभिन्न हतकण्डा अपनाउन सक्ने संकेत गरेका हुन्।
छलफलका क्रममा ओलीले राजनीतिक प्रतिशोधको सम्भावना औंल्याउँदै आफूलाई समेत लक्षित गर्दै कानुनी वा अन्य माध्यमबाट दबाब सिर्जना गर्न खोजिन सक्ने बताएका स्रोतको दाबी छ।
बालेन्द्र साहसँग करिब ५० हजार मतान्तरले पछि परेपछि एमालेभित्र आगामी राजनीतिक रणनीति र सम्भावित परिस्थितिबारे आन्तरिक छलफल सुरु भएको बताइएको छ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया