काठमाडौं । चितवनको कालिका नगरपालिका-९ मा अटो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। दुर्घटनामा थप एक जना घाइते भएका छन्।
उपरदाङढीबाट शक्तिखोरतर्फ आउँदे गरेको बा.प्र ०६ -००१ ह ०३१५ नम्बरको अटो अनियन्त्रित भएर नालीमा खस्दा चार जनाको ज्यान गएको हो।
प्रहरीका अनुसार ज्यान गुमाउनेमा अटो चालक राप्ती नगरपालिका-९ बस्ने ३९ वर्षका पूर्णबहादुर विक, राप्ती नगरपालिका-८ की ५६ वर्षीया बिष्णुकुमारी तामाङ, राप्ती नगरपालिका-९ की २२ वर्षीया बिनी तामाङ, सोही ठाँउका ५५ वर्षका तिलक तामाङ रहेका छन्। उनीहरूको उपचारको क्रममा ज्यान गएको हो।
यस्तै राप्ती-९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएकी छन्। उनी पूरानो मेडिकल कलेज भरतपुरमा उपचाररत छिन्।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया