काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा हालसम्म ९२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। पछिल्लो परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्पष्ट अग्रता देखाएको छ।
हालसम्म सार्वजनिक नतिजाअनुसार रास्वपाले ७४ सिट जितेर प्रतिनिधिसभामा सबैभन्दा ठूलो शक्ति बनेको छ। यससँगै पार्टीले थप ४८ सिटमा अग्रता कायम गरिरहेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० सिट जितेको छ भने ९ सिटमा अग्रता बनाएको छ। नेकपा एमाले ३ सिटमा विजयी हुँदै ८ सिटमा अग्रतासहित तेस्रो स्थानमा रहेको छ।
त्यसैगरी चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले ३ सिट जितेको छ भने ४ सिटमा अग्रता बनाइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले भने हालसम्म १ सिट मात्र जितेको छ र अन्य क्षेत्रमा अग्रता बनाउन सकेको छैन।
यसैबीच एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने श्रम संस्कृति पार्टी ३ निर्वाचन क्षेत्रमा अग्रतामा रहेको छ।
देशभर मतगणना जारी रहेकाले आगामी परिणामसँगै दलहरूको सिट संख्या अझै परिवर्तन हुने छ।
प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार












प्रतिक्रिया