काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत सिन्धुपाल्चोक–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भरत पराजुली विजयी भएका छन्।

पराजुलीले २४ हजार ४१२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापटकोटाले १७ हजार ३२७ मत ल्याएका छन्।

advertisement

एमालेका सरेश नेपाल ११ हजार ९६१ मतसहित तेस्रो स्थानमा रहेका छन्।

यस क्षेत्रमा नेपाली कांग्रेस चौथो स्थानमा सीमित भएको छ। कांग्रेसका जिल्ला सभापति समेत रहेका जंगबहादुर लामाले ११ हजार २९३ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com