काठमाडौं । मोरङ ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्की विजयी भएका छन्।
गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार उनले ३६ हजार ९२४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी, नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गरेका छन्, निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गरे भने नेकपा (एमाले)का उम्मेदवार इरन राईले ७ हजार ७५२ मत ल्याएका छन्।
सो क्षेत्रमा कुल १ लाख ५८ हजार ५७ मतदाता रहेकोमा ९६ हजार ६७७ मत खसेको थियो।
कार्की बालेन शाहका प्रिय मानिन्छन्।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया