काठमाडाैं । धनुषाको क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राज किशोर महतोले ४८ हजार २७० मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई ३२,४६१ मतान्तरले पराजित गरेका हुन् । पराजित महेन्द्र यादवले १५ हजार ८०९ मत ल्याएका छन् ।

advertisement

त्यस्तै, तेस्रो स्थानमा नेकपा एमालेका रघुवीर महासेठले जम्मा ११ हजार ५२९ मत मात्र प्राप्त गरेका छन् । धनुषा ४ मा जम्मा मतदाता सङ्ख्या १ लाख २७ हजार ७७६ रहेको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com