काठमाडाैं । सिराहा क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा पूर्व खेलकुद मन्त्री बब्लु गुप्ता ४१,२४५ मत प्राप्त गर्दै अत्यधिक मतान्तरका साथ विजयी भएका छन् ।

उनको यो ऐतिहासिक विजयले सिराहा क्षेत्र नं. १ का मतदाताहरूले परिवर्तन, विकास र जनताको पक्षमा काम गर्ने नेतृत्वप्रति देखाएको विश्वासलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।

advertisement

जनताको अपार समर्थनका साथ प्राप्त यस जितले क्षेत्रको समृद्धि, सुशासन र विकासका नयाँ सम्भावनाहरू खुल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com