काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कैलाली–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार खेमराज कोइराला विजयी भएका छन्। उनले प्रतिद्वन्द्वीभन्दा १७,२५५ मतान्तरसहित जीत हासिल गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोइरालाले २८,५५६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी, नेपाली कांग्रेसका गोरख बहादुर विष्ट, ११,३०१ मतमा सीमित भएका छन्।

advertisement

त्यस्तै, नेकपा (एमाले)का लेखराज भट्टले ९,४४४ मत, नेकपा उम्मेदवार हरिराम चौधरीले ५,६०९ मत, र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कमल रजवारले १,३५८ मत प्राप्त गरेका छन्।

कुल १,१५,१४३ मतदाता रहेको यस क्षेत्रमा प्रत्यक्षतर्फ ६१,९४१ मत खसेको थियो। तीमध्ये ३,६६५ मत बदर हुँदा ५८,२८३ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com