काठमाडौं । गगन थापाले सर्लाहीमा प्रतिनिधिसभा निर्वाचनका क्रममा आफूले देखेका जनताका समस्या समाधानका लागि आगामी दिनमा पनि निरन्तर पहल गरिरहने बताएका छन्।
नेपाली कांग्रेसका सभापति थापाले सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले आफ्नो क्षमता र पहलले भ्याएसम्म त्यस क्षेत्रका समस्याहरू समाधान गर्न निरन्तर रूपमा सक्रिय रहने उल्लेख गरेका छन्।
फेसबुकमा लेख्दै थापाले भनेका छन्, ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न मेरो पहल र क्षमताभित्र सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।’
त्यस्तै, उनले सर्लाही–४ बाट आफूलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका डा. अमरेश सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन्।
साथै, निर्वाचनमा आफूलाई विश्वास गरेर मत प्रदान गर्ने सम्पूर्ण मतदाताप्रति उनले हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेका छन्।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया