धनगढी। धनगढीमा श्रीमतीको हत्या गरी एक जना फरार रहेका छन्। गएराति १२ः४५ मा धनगढी उपमहानगरपालिका–७ को देवहरियाका ३६ वर्षका डम्मराज जोशीले श्रीमती ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या गरेका हुन्।

उनले सरस्वतीको टाउको धारिलो हतियार प्रयोग गरी हत्या गरेको र घटना लगत्तै फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमील्सिनाले जानकारी दिए। श्रीमतीको हत्या गर्ने जोशी पूर्व शिक्षक समेत हुन्।

advertisement

अहिले मृत्तकको शव उठाएर पोस्टमाटमका लागि सेती प्रादेशिक अस्पतालको शव गृहमा छ।

डिएसपी तिमील्सिनाका अनुसार हत्यापछि फरार जोशीको खोजी कार्य भइरहेको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com