ओखलढुंगा । ओखलढुंगामा रास्वपा उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन्।
रास्वपा उम्मेदवार पूर्वएआइजी पोखरेलले १३ हजार ९ सय ५३ मत मत ल्याएका हुन् भने ५ मतले नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन्। कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९ सय ४८ मत ल्याएका छन्।
यहाँ नेकपाका उम्मेदवार अम्विरबाबु गुरूङले ११ हजार २ सय ९६ मत ल्याए।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया