काठमाडौं। प्रतितिनिधि सभा निर्वाचन २०८२ मा धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङ निर्वाचित भएकी छन्।

उनी निकटतम प्रतिस्पर्धीसँग २४०९६ मतान्तरले विजयी भएकी हुन्। ३९१२८ मत प्राप्त गरेकी उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुमिप्रसाद त्रिपाठीलाई हराएकी हुन् । त्रिपाठीले १५०३२ मत प्राप्त गरेका छन्।

advertisement

त्यस्तै धादिङ–१ बाट ८ पटक चुनाव लडेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले १४७०७ मत प्राप्त गरेर तेस्रो भएका छन् । नेपाली कांग्रेसका कृष्ण रिजालले १००८० मत प्राप्त गर्दै चौथो भएका छन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com