एजेन्सी । तेहरानमा इरानको राजधानीमाथि इजरायलले रातभर गरेको हवाई आक्रमणपछि तेल प्रशोधन केन्द्रहरूमा भीषण आगलागी भएको खबर सार्वजनिक भएको छ।
आक्रमणपछि आकाशतर्फ बाक्लो धुवाँको मुस्लो उठेको र शहरका विभिन्न भाग एक्कासी उज्यालो बनेको स्थानीय बासिन्दाहरूले बताएका छन्। उनीहरूका अनुसार विस्फोटसँगै सुरु भएको आगलागी नजिकैको कूहसर बुलेवार्डसम्म फैलिएको थियो।
आगलागीका कारण सडक किनारमा रहेका घर तथा पसलहरूमा समेत क्षति पुगेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले भने, “रात अचानक दिनजस्तै उज्यालो भयो।”
रातभर जारी आक्रमणमा इजरायली सेनाले विशेषगरी तेल भण्डारण तथा प्रशोधनसँग सम्बन्धित संरचनाहरूलाई निशाना बनाएको बताइएको छ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया