काठमाडौं । दुई फरक–फरक निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेल निर्वाचित भएका छन् । एउटै नाम भएका दुई उम्मेदवारहरु दुई फरक फरक क्षेत्रबाट एउटै पार्टीबाट निर्वाचित भएका हुन् । कानुनअनुसार एउटै व्यक्ति २ ठाउँमा उम्मेदवार हुन २०७० को निर्वाचनसम्म पाइन्थ्यो त्यसयता नयाँ कानुनले प्रतिबन्धित गरेको छ ।

पूर्व संचारमन्त्री जगदीश खरेल ललितपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । उनी पूर्व पत्रकार समेत हुन् । रास्वपाका उम्मेदवार उनले ३९ हजार ४९१ मत ल्याएर निर्वाचित भए । यहाँ उनीसँग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले ७ हजार ४२० मत पाए ।

advertisement

यस्तै रास्वपाबाटै अर्का जगदीश खरेल दोलखाबाट निर्वाचित भए । उनी इन्जिनियर हुन् । दोलखाबाट निर्वाचित खरेलले ३२ हजार ३७६ मत पाए । उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका पार्वत गुरुङले १७ हजार ४४९ मत पाए ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com