काठमाडौं । जेनजी प्रदर्शन जाँचबुझ आयोगका पदाधिकारीहरू प्रतिवेदन बुझाउन सिंहदरबार पुगेका छन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उक्त आयोगले तयार पारेको प्रतिवेदन सुशीला कार्कीलाई बुझाउने तयारी गरिएको हो।

advertisement

गत असोज ५ गते सरकारले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको छानबिन गर्न आयोग गठन गरेको थियो। आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्यका रूपमा रहेका छन्।

उक्त आयोगले प्रदर्शनका क्रममा भएका घटनाक्रम, सुरक्षा अवस्था तथा त्यससँग सम्बन्धित विषयहरूको अध्ययन गर्दै प्रतिवेदन तयार पारेको बताइएको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com