काठमाडौं । नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले पार्टीको विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गरेका छन्।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेतृत्वमा पार्टी प्रतिनिधि सभाको चुनावमा जाँदा पनि अपेक्षित परिणाम ल्याउन नसकेपछि यस्तो बताएका हुन्।

advertisement

तत्कालीन सभापति शेरबहादुर देउवा निकट रहेका नेता बस्नेतले भनेका छन्, ‘विशेष महाधिवेशनको औचित्य त समाप्त भयो, तर यसले एउटा कुरा छर्लङ्ग देखायो राजनीतिमा नैतिक चरित्रको खडेरी कति गहिरो रहेछ।’

देउवाको अनुहार लिएर चुनावमा जान नसकिने भन्दै गगन थापा, विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नेतृत्व गरेका थिए।

तर यो चुनावमा गगनसहित विशेष महाधिवेशनबाट आएका पदाधिकारीहरू नै चुनाव हारेपछि देउवा निकट नेताहरूले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउन थालेका हुन्।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com