एजेन्सी । मध्यपूर्वमा जारी युद्धले क्षेत्रीय अस्थिरता थप बढ्ने खतरा रहेको भन्दै चीनले चिन्ता व्यक्त गरेको छ। चीनले तत्काल युद्धविराम घोषणा गरी कूटनीतिक संवादमार्फत समाधान खोज्न अमेरिकासहित सबै पक्षलाई आग्रह गरेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले इरान केन्द्रित संघर्षले कसैलाई पनि लाभ नपुग्ने स्पष्ट पारे। उनका अनुसार यस्तो युद्ध प्रारम्भ नै हुनु हुँदैनथ्यो र यसको निरन्तरताले क्षेत्रीय मात्र होइन, विश्वव्यापी अस्थिरता निम्त्याउन सक्छ।
चीनले आफूलाई अन्तर्राष्ट्रिय स्तरमा शान्ति, स्थिरता र न्यायको पक्षधर शक्ति भन्दै परिस्थितिलाई थप जटिल बन्न नदिन सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएको छ। विदेशमन्त्री यीले सबै पक्षलाई यथाशीघ्र वार्ताको प्रक्रियामा फर्किन र संवादमार्फत मतभेद समाधान गर्न आग्रह गरे।
चीनको यो धारणा त्यस्तो समयमा सार्वजनिक भएको हो, जब चिनियाँ राष्ट्रपति ह्ष् व्ष्लउष्लनले यही महिनाको अन्त्यतिर बेइजिङमा अमेरिकी राष्ट्रपति म्यलबमि त्चगmउलाई उच्चस्तरीय शिखर भेटका लागि स्वागत गर्ने तयारी गरिरहेका छन्। विश्वका दुई ठूला अर्थतन्त्रबीच हुने यो भेटलाई अन्तर्राष्ट्रिय राजनीति र अर्थतन्त्रका दृष्टिले महत्वपूर्ण मानिएको छ।
इरानसँग चीनको लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको छ। साथै मध्यपूर्वमा बढ्दो तनावले अन्तर्राष्ट्रिय तेल बजारमा पर्ने प्रभाव तथा त्यसबाट विश्व अर्थतन्त्रमा पर्न सक्ने असरप्रति पनि बेइजिङ चिन्तित देखिएको छ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको एक साताभन्दा बढी समय बितिसकेको भए पनि हालसम्म युद्ध रोकिने संकेत देखिएको छैन। यसअघि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै किसिमको सम्झौता सम्भव नभएको र केवल निर्विवाद आत्मसमर्पणमात्र स्वीकार्य हुने टिप्पणी गरेका थिए।
पत्रकार सम्मेलनमा वाङ यीले हालको परिस्थितिमा दुवै पक्षले जिम्मेवारीपूर्ण ढंगले व्यवहार गर्नुपर्ने उल्लेख गर्दै अनुकूल वातावरण सिर्जना गर्न, विद्यमान मतभेदलाई व्यवस्थापन गर्न र अनावश्यक हस्तक्षेपबाट टाढा रहन आवश्यक रहेको बताए। चीनले सधैं सकारात्मक र खुला दृष्टिकोण अपनाउँदै आएको भन्दै उनले अमेरिकालाई पनि संवाद र सहकार्यको बाटो रोज्न आग्रह गरेका छन्।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया