काठमाडौं । ओखलढुंगामा ५ मतले पराजित भएको नेपाली कांग्रेसले १८६ मत गणना नभएको भन्दै निर्वाचन परिणामप्रति असहमति जनाएको छ ।
फागुन २१ गते ओखलढुंगामा ५९ हजार ७७ मत खसेको थियो । मतदान सकिएपछि मतेपेटिका संकलन गर्नुअघि गरिएको मुचुल्कामा ५९ हजार ७७ मतदान भएको उल्लेख थियो । मत परिणाम सार्वजनिक हुँदा सबै उम्मेदवारको मत र बदर मत समेत जोड्दा ५८ हजार ८९१ मत पाइएकाले बाँकी मतको बारेमा प्रश्न उठाइएको कांग्रेस उम्मेदवार कुमार लुइँटेलले बताए । निर्वाचन आयोगले रास्वपाबाट निर्वाचित विश्वराज पोखरेललाई प्रमाणपत्र दिइसकेको छ। पोखरेलले १३ हजार ९५३ मत पाएर जितेका थिए भने लुइँटेलको १९ हजार ९४८ मत थियो।
कम देखिएको मतको बारेमा कानूनी परामर्श भइरहेको कांग्रेसले जनाएको छ । तर निर्वाचन कार्यालयले भने चित्त नबुझे अदालत जान सकिने भन्दै सबै प्रक्रिया मिलाएर मतपरिणम घोषणा गरिएको जनाएको छ ।
प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया