काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट आफू अग्रस्थानमा रहेको घोषणा गरेपछि  बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्।

आइतबार साम्पाङले फेसबुकमार्फत आफू सुनसरी–१ बाट पहिलो स्थानमा रहेको घोषणा गर्दै उत्साह व्यक्त गरेका थिए। उनले आफ्नो पोस्टमा लेखेका थिए, ‘अब म सुनसरी–१ बाट पहिलो भएको घोषणा गर्दछु। जय माटो! जय देश!! जय श्रम संस्कृति!!!’

advertisement

साम्पाङको उक्त अभिव्यक्तिपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सोही पोस्टमा टिप्पणी गर्दै उनलाई शुभकामना तथा स्नेह व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘तपाईंप्रति सधैँ माया थियो, छ र रहनेछ। तपाईं र धरानप्रति पनि सधैँ माया छ।’

 

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com