काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया जारी रहेको छ। फागुन २१ मा सम्पन्न निर्वाचनमा प्रत्यक्ष मतसँगै समानुपातिक मतहरूको गणना पनि भइरहेको छ।

समानुपातिक मत गणनाको आइतबार (फागुन २४) दिउँसो २ः३० बजेसम्मको अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा छ। यसले १९ लाख ३ हजार १६४ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ६ लाख ४८ हजार ५४९ मत ल्याएको छ भने नेकपा एमालेले ५ लाख ४४ हजार ८ सय ४३ मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २ लाख ५८ हजार ९ सय ४८ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

advertisement

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ लाख ३९ हजार १ सय २२ मतसहित पाँचौँ स्थानमा छ। छैटौँ स्थानमा श्रम संस्कृति पार्टी ८३ हजार १ सय २५ मतसहित रहेको छ।

राष्ट्रिय परिवर्तन पार्टी ४२ हजार ४ सय ९० मतसहित सातौँ स्थानमा छ भने जनता समाजवादी पार्टी, नेपाल आठौँ स्थानमा ४१ हजार ४ सय ३९ मत ल्याएको छ। जनमत पार्टीले २० हजार ८ सय २८ मत प्राप्त गरेको छ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टी १७ हजार ८ सय २६ मतसहित, एकल चिह्न चकिया (जाँतो) १७ हजार ५ सय ७१, राष्ट्रिय जनमोर्चा १३ हजार २७६, राष्ट्र निर्माण दल नेपाल १२ हजार १८०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ११ हजार ७९८, नेपाल जनता संरक्षण पार्टी ९ हजार २९८, प्रगतिशील लोकतान्त्रिक पार्टी ६ हजार ४३९ र मंगोल नेसनल अर्गनाइजेसन ६ हजार ३८७ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार समानुपातिक मत गणनामा हालसम्म कुल ३८ लाख ३४ हजार ४३४ मत गणना भइसकेको छ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com