काठमाडौं। भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीले जेनजी आन्दोलनमा दमन गर्ने सबैलाई कारबाही गर्न सिफारिस गरिएको बताएका छन् ।

आइतबार प्रधानमन्त्री कार्कीलाई आयोगको अन्तिम प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसंग कुरा गर्दै कार्कीले जेनजी आन्दोलनमा भदाै २३ गते युवाहरुलाई गोली हान्न आदेश दिनेदेखि गोली नरोक्ने सवैलाई कारवाही गर्न सिफारिस गरिएको बताए । भदाै २४ गतेको घटनामा पनि दोषि देखिएकालाई कारबाही गर्न सिफारिस गरिएको उनको भनाइ छ ।

advertisement

उनले आयोगले आफ्नो प्रतिवेदन बुझाइसकेको अवस्थामा सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । आफूहरुले देश, जनता र शहीदको न्यायका लागि निष्पक्ष भएर काम गरेकाले सन्तुष्ट रहेको उनले बताए । उनले केही काम सकिन बाँकी रहेको र निर्वाचनलाई समेत असर पर्ने देखेर निर्वाचनपछि सरकारलाई प्रतिवेदन बुझाएको उल्लेख गरे ।

कार्कीले छानबिन आयोगको प्रतिवेदनका आधारमा दोषिलाई कारबाही गर्न नसके अर्को आन्दोलन हुन सक्नेप्रति सरकारलाई सजक गराइएको बताए।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com