काठमाडौं । देशका विभिन्न भागमा रहेका प्रहरी कार्यालयबाट शनिबार गस्तीमा रहेको प्रहरी टोलीले कानुनले बर्जित गरेका चिकित्सकीय औषधि र लागुपदार्थसहित आठ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मोरङ, पथरी शनिश्चरे नगरपालिका–८ मङगलबारे, दाङको घोराही उपमहानगरपालिका–१४ स्थित न्यु मनकामना गेष्ट हाउस, कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्याउले चोकबाट उनीहरू पक्राउ परेका हुन् ।

advertisement

यसैगरी, पथरी शनिश्चरे नगरपालिका–८ मङगलबारबाट मानबहादुर दर्जीसहित तीन, घोराही–१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई, धनगढी–३ चटकपुरबाट स्थानीय २३ वर्षीय अमन रानासहित दुई र कृष्णपुर–२ स्याउले चोकबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २५ वर्षीय कुवेर शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com