काठमाडौ । बर्दिया २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का श्रीधर पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार किशोरसिंह राठोरलाई पराजित गर्दै जीत हासिल गरेका हुन्।

आइतबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार पोखरेलले २९ हजार ६७८ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राठोरले २० हजार ४०२ मत ल्याए।

advertisement

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुरेश पन्थले १९ हजार १८० मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com