काठमाडौं । संखुवासभामा नेकपा (एमाले) ले अग्रता कायम राखेको छ। सोमबार बिहानसम्मको मतगणना अनुसार एमालेका अर्जुनकुमार कार्कीले १० हजार १७७ मत प्राप्त गरेका छन्।
उनीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाले पछ्याइरहेका छन्। शेर्पाले हालसम्म ९ हजार १९४ मत प्राप्त गरेका छन्। दुवै उम्मेदवारबीच ९८३ मतान्तर रहेको छ।
नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले ७ हजार ६५९ मत ल्याएका छन्।
संखुवासभामा सुरुदेखि नै एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा देखिएको थियो। आइतबार बेलुकासम्म एमालेका कार्कीले ६ हजार १४९ मत प्राप्त गर्दा रास्वपाका शेर्पाले ५ हजार ३८७ मत ल्याएका थिए।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया