काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना ८२ लाख नाघ्दा राप्रपा भन्दा श्रम संस्कृति पार्टी अघि देखिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार श्रम संस्कृति पार्टीले २ लाख ८४ हजार ७१८ मत प्राप्त गरेको छ।
यस्तै राप्रपा २ लाख ७२ हजार ४०८ मतका साथ छैटौँ स्थानमा झरेको छ। यसअघिको निर्वाचनमा राप्रपा राष्ट्रिय दल थियो भने श्रम संस्कति नयाँ दल हो । मुलुकभरको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा कायमै छ। रास्वपाले ३९ लाख ३० हजार ८०३ मत पाएको छ।
दोस्रो स्थानमा रहेको नपाली काँग्रेसले १३ लाख १५ हजार २८९ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा (एमाले) ले ११ लाख २३ हजार ५४२ मत बटुलेको छ। त्यस्तै, ५ लाख ७७ हजार ६४२ मतका साथ नेपाली कम्युनिष्ट पार्टी चौथो स्थानमा रहेको छ।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया