काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक तर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता कायम राखेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालसम्म कुल ८२ लाख ९९ हजार ६५० मत गणना भइसकेको छ।

हालसम्मको मत परिणाम अनुसार रास्वपा ४० लाख ६ हजार ६९४ मतसहित स्पष्ट रूपमा पहिलो स्थानमा रहेको छ। यो कुल सदर मतको ४८.२८ प्रतिशत हो।

advertisement

त्यसैगरी नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदै १३ लाख ४८ हजार ७९९ मत प्राप्त गरेको छ, जुन १६.२५ प्रतिशत हो। नेकपा एमाले तेस्रो स्थानमा रहँदै ११ लाख ४२ हजार ३८१ मत प्राप्त गरेको छ। एमालेको मत हिस्सा १३.७६ प्रतिशत रहेको छ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (चौथो स्थान) मा रहँदै ५ लाख ८७ हजार २३० मत प्राप्त गरेको छ, जुन ७.०८ प्रतिशत हो। यसैबीच श्रम संस्कृति पार्टीले २ लाख ८९ हजार ९६१ मत प्राप्त गर्दै ३.४९ प्रतिशत मत हासिल गरेको छ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ७४ हजार ९९१ मत पाउँदै ३.३१ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ।

 

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com