काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावना बलियो देखिएको छ।

मध्याह्न १२ बजेसम्मको मतगणनाअनुसार श्रम संस्कृतिले २ लाख ९७ हजार ८३ मत पाएको छ। निर्वाचन आयोग का अनुसार हालसम्म ४० लाख ९४ हजार ६५९ मत गणना हुँदा उक्त पार्टीले ३.५० प्रतिशत मत प्राप्त गरेको छ।

advertisement

राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा १ सिट र समानुपातिकतर्फ ३ प्रतिशत मत आवश्यक हुन्छ। श्रम संस्कृतिबाट सुनसरी–१ मा हर्क साम्पाङ, भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई विजयी भइसकेका छन्।

फागुन २१ को निर्वाचनमा १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो। करिब ५ लाख मत बदर हुने अनुमान गरिँदा राष्ट्रिय दलको मान्यता पाउन करिब ३ लाख १२ हजार मत आवश्यक पर्छ। अहिलेको स्थितिमा श्रम संस्कृति पार्टीलाई झन्डै १५ हजार मत मात्र थप आवश्यक छ।

कोशी प्रदेशका केही जिल्लामा अझै मतगणना बाँकी भएकाले श्रम संस्कृति पार्टीले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना अझै बलियो बनेको छ। भोजपुरमा अझै आधाभन्दा बढी मत गन्न बाँकी छ भने अन्य केही जिल्लामा पनि मतगणना जारी छ।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com