काठमाडाैं । समानुपातिक मततर्फ तनहुँ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दलका रूपमा उभिएको छ। सोमबार बिहान सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार रास्वपाले जिल्लाभर कुल ६९ हजार १३२ मत प्राप्त गरेको छ। त्यस्तै, नेपाली कांग्रेसले २७ हजार ४३९ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) ले १५ हजार ९४० मत प्राप्त गरेको छ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ४ हजार ६४८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ हजार ६७, श्रम संस्कृति पार्टीले २ हजार ७४२ तथा मङ्गोल नेसनल अर्गनाइजेसनले ७३३ मत प्राप्त गरेका छन्।
तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाले ३८ हजार ८०७ मतसहित अग्रता कायम गरेको छ। सो क्षेत्रमा नेपाली कांग्रेसले १५ हजार १७२, नेकपा (एमाले) ले ५ हजार ९६०, नेपाली कम्युनिष्ट पार्टीले २ हजार ८४८ मत प्राप्त गरेका छन्। साथै राप्रपाले १ हजार ७७६, श्रम संस्कृति पार्टीले १ हजार ५३२ र मङ्गोल नेसनल अर्गनाइजेसनले २६७ मत पाएका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपा नै पहिलो स्थानमा रहेको छ। सो क्षेत्रमा रास्वपाले ३० हजार ३२५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १२ हजार २६७ र नेकपा (एमाले) ले ९ हजार ९८० मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले १ हजार ८००, राप्रपाले १ हजार २९९, श्रम संस्कृति पार्टीले १ हजार २१० तथा मङ्गोल नेसनल अर्गनाइजेसनले ४६६ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया