काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले प्राप्त गरेको लज्जास्पद नतिजाप्रति प्रतिक्रिया व्यक्त गर्दै आफूहरू ‘मरेका नभई ढलेका मात्र’ भएको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमा लामो स्ट्याटसमार्फत भट्टराईले पार्टीलाई यो अवस्थामा पुर्‍याउने जिम्मेवारी नीतिगत मात्र नभई सबै तहगत कमिटी र नेताहरूको साझा भूमिका रहेको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘त्यसमा पनि नीतिगत र कार्यकारी भूमिकामा रहेका केन्द्रीय कमिटी तथा सचिवालयले नै अपजसको भारी बोक्नुपर्छ। सफलता वा असफलताको जवाफदेहिता अन्ततः प्रमुख नेतामा केन्द्रित रहन्छ।’

advertisement

भट्टराईले पूर्वाग्रह, भावना र षड्यन्त्रभन्दा माथि उठेर पार्टीभित्र निष्पक्ष र गम्भीर छलफल गर्नुपर्नेमा जोड दिएका छन्। उनले सात बुँदामा आफ्नो विचार व्यक्त गर्दै भनेका छन्, ‘कमरेडहरू, हामी ढलेका मात्र हौँ, मरेका होइनौँ। सही नीति, सही सङ्गठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत हामी फेरि उठ्नेछौँ र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई पुनः स्थापित गर्नेछौँ।’

उपमहासचिव भट्टराईले पार्टीभित्र संयम, धैर्य र एकतालाई जोगाउँदै आत्मभर्त्सना होइन, आत्मसमीक्षा गर्ने बाटो अपनाउन एमालेका कार्यकर्तालाई अपिल गरेका छन्।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com