काठमाडौं । धनुषा–१ मा प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका मातृका यादवले निर्वाचन आयोगले प्रमाणपत्र दिन ढिला गरेकोमा आपत्ति जनाएका छन्।
पत्रकारसँग कुरा गर्दै यादवले भने, ‘मैले मत गणना सकिएर विजयी भइसकेको भए पनि आयोगले प्रमाणपत्र रोकिराख्नु कानूनी प्रक्रिया र सुशासनको उल्लंघन हो। आयोगले कसैको दबाबमा निर्णय गर्नु उचित छैन।’
उनले भने, ‘त्यहाँ बन्द सूचीका अन्य २१ जनालाई पनि खारेज गरिएको छ। अदालतबाट कुनै स्थगन आदेश नआएको अवस्थामा आयोगले आफ्नो निर्णयमा अडान लिनुपर्छ। दबाबमा परेर रोक्नु कानुन, सुशासन र नैतिकताविपरीत छ।’
यादवले मत परिणामको रेकर्ड राख्ने तर घोषणा नगर्ने आयोगको निर्णयलाई बदमासी भएको टिप्पणी गर्दै आफ्नो पार्टीमा जानकारी गराइसकेको र आफैं आयोगमा गएर कुरा गर्ने योजना रहेको बताए।
साथै, रास्वपाले दबाब दिएको हुनसक्ने आशङ्का व्यक्त गर्दै संवैधानिक र स्वायत्त निकायले यस्तो प्रभावमा नपर्नु पर्ने बताए।
प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार












प्रतिक्रिया