काठमाडौं । गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीलाई घरमै गई दुव्र्यवहार गरेको आरोपमा सोही पालिकाको वडा नं ५ निवासी ३४ वर्षीय भीष्म सिटौला पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार सिटौलाले आइतबार राति नगरप्रमुख सुवेदीलाई गालीगलौज एवं दुव्र्यवहार गरेका थिए।

advertisement

पक्राउ परेका आरोपी सिटौलालाई आज जिल्ला प्रशासन कार्यालय झापामा उपस्थित गराइएकोमा मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत अभद्र व्यवहार कसुरमा १० दिन म्याद थपेर अनुसन्धान गर्ने निर्णय भएको खड्काले जानकारी दिए।

प्रकाशित मिति: २५ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com