काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू पदबाट राजीनामा दिने तयारीमा रहेको बताएका छन्।

आज उपसभापति विश्वप्रकाश शर्मासँग भएको छलफलका क्रममा सभापति थापाले यस्तो संकेत गरेका हुन्। उनीहरूबीच नयाँ बानेश्वरमा साँझतिर भेटवार्ता भएको स्रोतले जनाएको छ।

advertisement

स्रोतका अनुसार सभापति थापाले ‘म सभापति पदबाट राजीनामा दिन्छु’ भन्ने धारणा व्यक्त गरेका थिए। तर उपसभापति शर्माले भने तत्काल राजीनामा नदिन सुझाव दिएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै पद त्याग्नु उचित हुने कुरा थापाले शर्मासमक्ष राखेका थिए।

यद्यपि उपसभापति शर्माले भने विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेको करिब ५० दिनमै निर्वाचन भएको उल्लेख गर्दै चुनावी परिणामको समग्र र सूक्ष्म समीक्षा गरेर परिस्थिति सम्हाल्दै अघि बढ्नुपर्ने धारणा राखेका थिए।

सभापतिले राजीनामा दिए पार्टी झन् अप्ठ्यारो अवस्थामा पुग्न सक्ने भन्दै अहिले त्यस्तो कदम नचाल्न उनले सुझाव दिएका थिए।

फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा सभापति थापासहित चुनावमा उठेका कांग्रेसका सबै पदाधिकारी पराजित भएका थिए। उक्त निर्वाचनमा कांग्रेसले जम्मा १८ सिट मात्र जित्न सफल भएको थियो।

प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com