काठमाडौं । पूर्णबहादुर खड्का ले प्रतिनिधिसभा निर्वाचनको परिणामले नेपाली कांग्रेस लाई गम्भीर सन्देश दिएको बताएका छन्।
चुनावमा पार्टीले अपेक्षाभन्दा कमजोर परिणाम भोगेपछि सभापति गगन थापा को राजीनामाको चर्चा चलिरहेका बेला खड्काले संयम र एकताको आवश्यकता औंल्याएका हुन्।
उनले कांग्रेसी कार्यकर्तालाई आवेग र उत्तेजनाबाट मुक्त भएर विगतको समीक्षा गर्दै अस्वाभाविक महत्त्वाकाङ्क्षा त्यागी पार्टीको बृहत् एकताका लागि अघि बढ्न आग्रह गरेका छन्।
आगामी चुनौती सामना गर्न सबै एकताबद्ध हुनु नै उपयुक्त बाटो भएको उनले बताएका छन्। हालसम्मको मतगणनाअनुसार कांग्रेस समानुपातिकतर्फ १६ लाख ९५ हजार २६६ मत सहित दोस्रो स्थानमा छ भने प्रत्यक्षतर्फ १८ सिटमा सीमित भएको छ।
प्रकाशित मिति: २६ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया